पेरुलाई हराउँदै अस्ट्रेलिया विश्व कप फुटबलमा छनोट

जनपत्र
३१ जेष्ठ २०७९, मंगलवार ०९:४८

unn.prixa.net

काठमाण्डाै – अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया कतारमा हुने सन् २०२२ को विश्व कप फुटबलमा छनोट भएको छ ।

गएराति भएको खेलमा अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराएको हो ।

निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।

अस्ट्रेलिया सन् २००६ को विश्व कपपछि लगातार प्रतियोगितामा छनोट हुँदै आएको छ । विश्व कपमा छनोट हुने अन्तिम टोलीको टुङ्गो आज लाग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*