चालक अनुमतिपत्रमा वर्ग थपका लागि आवेदन खुला

जनपत्र
३१ जेष्ठ २०७९, मंगलवार ०८:००

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को वर्ग थपका लागि पनि आवेदन आह्वान गरेको छ । विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागिसमेत अनलाइन प्रणालीमार्फत आवेदन आह्वान गरेको हो ।

यसअघि विभागले नयाँ सवारी चालक अनुमतिपत्रको लागि मात्र आवेदन दिन भनेको थियो । विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोष पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्नसमेत अनलाइन आवेदन दिन सकिने जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*