वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा पाकिस्तानको ‘क्लिन स्वीप’

जनपत्र
३० जेष्ठ २०७९, सोमबार ०९:३४

unn.prixa.net

काठमाण्डाै – वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला पाकिस्तानले ‘क्लिन स्वीप’ गरेको छ ।

पाकिस्तानले यसअघिका २ वटा खेल जितिसकेको थियो । गएराति भएको तेस्रो एक दिवसीय क्रिकेटमा पाकिस्तान ५३ रनले विजयी भयो । जितसँगै पाकिस्तानले श्रृङ्खला ‘क्लिन स्वीप’ गरेको हो।

पाकिस्तानले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज ३७ ओभर २ बलमा २ सय १६ रन बनाउँदै अल आउट भयो । त्यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ९ विकेटको क्षतिमा २ सय ६९ रन बनाएको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*