आज माइतिघरदेखि बानेश्वरसम्म मार्चपास गर्दै लगानीकर्ताले, अन्य जिल्लामा धर्ना

विभिन्न १९ बुँदे मागसहित आन्दोलनरत लगानीकर्ताहरुले आज माइतिघरदेखि बानेश्वरसम्म मार्चपास गर्ने भएका छन् । साथै आन्दोलनरत लगानीकर्ताहरुले सम्भव भएसम्म ७७ नै जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्न आम लगानीकर्ताहरुलाई समेत आग्रह गरेकाछन् ।
पूँजी बजार सुधार समितिको आयोजनामा केहि दिन देखि निरन्तर चलिरहेको आन्दोलनमा अहिले अधिकांश लगानीकर्ता सम्बद्ध संघ संगठनहरुको समेत सहभागिता भइरहेको छ ।
तिलक कोइरालाको नेतृत्वमा पूँजी बजार सुधार समिति गठन गरि समितिले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमाललाई १९ बुँदे माग समेटिएको ज्ञापनपत्र बुझाएको थियो भने तेस्को भोलि पल्ट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घेराउ गर्दै गर्दा निषेधित क्षेत्र भन्दै प्रहरीले लगानीकर्ताहरूमाथि रोक लगाउदै तिलक कोइरालालाइ नै पक्राउ गरेको थियो।