अन्तराष्ट्रिय योग दिवस हेटौंडामा मनाइयो

हेटौंडा । पाँचौ अन्तराष्ट्रिय योग दिवसका अबसरमा आज हेटौंडामा ¥याली निकालिएको छ । अन्तराष्ट्रिय योग दिवस मुल समारोह समिति मकवानपुरको आयोजनामा योग दिवमा ¥याली र योग गरेर मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर ३ का सामाजिक बिकाश मन्त्री युवराज दुलालले शरिरका लागि योग गर्नु अतिनै उपयोगि हुने बताउनुभयो ।
मानिस स्वस्थ रहनकमा लागि समय निकालेर योग गर्न उहाँले आग्रह गर्नुभयो ।
प्रदेश नम्बर—३ का सामाजिक विकास मन्त्री युवराज दुलालले अहिलेको भौतिकबादी युगमा जथाभावी खानपिन तथा तनाबले बिभिन्न किसिमका रोग लाग्ने भएकोले त्यसबाट सुरक्षित हुनको लागि योग अनिबार्य रहेको बताउनुभएको छ । मन्त्री दुलाले यस्तो बताउनुभएको हो । उहाँले जनाताको स्वास्थ्य सुरक्षाको लागि सरकारले निशुल्क स्वास्थय उपचारको ब्यबस्था गरेपनि आफ्नो स्वास्थ्यको लागि आम नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री दुलालले दैनिक योगले मानिसमा सकारात्मक सोंचको विकास हुनुका साथै दिर्घायु समेत बनाउने उल्लेख गर्दै योग र प्राणायाम आबश्यक रहेको छ भन्नुभयो । अन्तराष्ट्रिय योग जिल्ला स्तरीय मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा भारतीय राजदुताबास बिरगंज काउन्सिलका डेप्युटी काउन्सिलर रमेश प्रसाद चतुर्बेदीले योगको महत्व र मानिसले योग गर्नुपर्ने सम्बन्धमा जानकारी समेत दिनुभयो ।
कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद मुनु सिग्देल, सन्तराम चेपाङ, जिल्ला समन्वय समिति मकवापनुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, पतन्जली योग जिल्ला समिति मकवापुरका अध्यक्ष रामकृष्ण थापा लगायतकाको उपस्थित रहेको थियो । हेटौंडाको पशुपति मन्दिरको हलमा आयोजित कार्यक्रममा बिभीन्न क्षेत्रका ब्यक्तित्वहरुले योग गर्न सबैलाई सिकाउनु भएको थियो ।