उपमहानगरपालिका संसदीय दलमा सिग्देल

जनपत्र
३० जेष्ठ २०७९, सोमबार ०७:००

हेटौंडा / नेकपा एमालेका तर्फबाट हेटौंडा उपमहानगरपालिकाका निर्बाचित सदस्यहरू मध्यबाट संसदीय दलको नेतामा नवीन सिग्देल चयन हुनुभएको छ । स्थानीय तहमा पार्टिको तर्फबाट प्रभावकारी भुमिका निर्बाह गर्न । पार्टिका घोषित नीति कार्यक्रमलाई स्थानीय तहमा प्रचावकारी ढंगले कार्यान्वयन गराउन एमालेले हेटौंडा उपमहानगरपालिका संसदीय दल गठन गरेको हो ।

दलको उप नेतामा अनिल बाँनिया, प्रमुख सचेतक सुनिल मोक्तान, सचेतक जुना दाहाल, चयन भएका छन् । संसदीय दलको बोर्ड सचिबमा फुर्वा दोर्जे लामा चयन भएका छन् । ज्ञढ सदस्यीय बोर्ड गठन भएको छ । हेटौंडा उपमहानगर कार्यपालिकामा एमालेका छद्ध जना सदस्य छन् । एमाले केन्द्रीय सदस्य रामेश्वर राना, केन्द्रीय सल्लाहकार सदस्य डोरमणि पौडेल, केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको आतिथ्यतामा संसदीय दलको जिम्मेवारी बाँडफाँड गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*