हाइटेन्सन लाइनको करेन्ट लागेर धादिङमा एक महिलाकाे ज्यान गयाे

जनपत्र
२९ जेष्ठ २०७९, आईतवार १६:५८

धादिङ – धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–१ मा विद्युत् प्रसारण लाइनबाट करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

बारीमा मकै गोडेर घर फर्कँदै गरेको अवस्थामा बाटोमा हाइटेन्सन लाइनको करेन्ट लागेर ४३ वर्षीया निर्मला घर्ती क्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक राम थापाले जानकारी दिनुभयो ।

११ हजार भोल्टेजको तारले रुखमा छोएका कारण करेन्ट लागेको स्थानीयवासीको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*