त्रिविमा झन्डै ५ महिनादेखि लागेको ताला खोलियो

जनपत्र
२९ जेष्ठ २०७९, आईतवार १५:१८

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा झन्डै पाँच महिनादेखि लागेको ताला खुलेको छ । नेविसङ्घले विभिन्न माग राख्दै माघ ६ गते लगाएको ताल गएको शुक्रवार खोलेको थियो भने आंशिक प्राध्यापकहरूले लगाएको ताला आज आइतवार खोलेसँगै त्रिविमा लागेको दुवै ताला खुलेको छ ।

नेविसङ्घले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीसँग सहमति भएको बताएको छ भने आंशिक प्राध्यापकले लगाएको ताला खोल्न आज विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय सङ्घर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

त्रिवि र प्राध्यापकबीच २०७८ मङ्सिर ८ गतेसम्म त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्रिपरिषद्ले स्वीकृत गरेको एक हजार चार सय २९ कोटा कार्यान्वयन गर्न सरकारसँग आवश्यक बजेटका लागि १५ दिनभित्र पहल गर्ने, अतिरिक्त कक्षा व्यवस्थापन कार्यविधि २०७७ परिमार्जन गर्न अनुरोध गर्ने लगायत सहमति भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*