मकवानपुरका पत्रकारले संकलन गरेको हस्ताक्षर प्रधानमन्त्रीलाई

जनपत्र
६ असार २०७६, शुक्रबार ११:५५

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर साखाले मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग गर्दै आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्ताक्षर पठाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत असार ३ गते गरिएको हस्ताक्षर आज प्रशासन मार्फत पठाइएको हो ।

असार ३ गते बिहान हेटौंडाको स्कुलरोडमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो । महासंघको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार संकलित हस्ताक्षर नेपाल पत्रकार महासंघ मकवापनपुरका अध्यक्ष हरि हुमागाईले प्रजिअ तामाङलाई बुझाउनुभयो । प्राप्त हस्ताक्षर आजै प्रधानमन्त्री कार्यालयमा पठाइने उहाँले बताउनुभयो । प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापीको कार्यक्रम अनुसार हेटौंडामा पनि कार्यक्रम गरिएको अध्यक्ष हुमागाईले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्ट, महासंघ मकवानपुर साखाका पुर्ब अध्यक्ष राममणि दाहाल, महासंघका उपाध्यक्ष कुमार अधिकारी, सचिब गणेश दर्पण अधिकारी लगायतका मकवानपुरका पत्रकारहरुको सहभागिता रहेको थियो । महासंघको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत असार २० गते वृहत प्रेस स्वतन्त्रता सभा आयोजना गर्ने, असार २५ गते लालटिन जुलुस आयोजना गर्ने र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*