मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा गठबन्धनबाट रामनारायण बिडारीले उम्मेदवारी दिने चर्चा

जनपत्र
२९ जेष्ठ २०७९, आईतवार १३:१९

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा पाँच दलिय गठबन्धन दलहरुका तर्फबाट रामनारायण बिडारीले उम्मेदवारी दिने चर्चा चल्न थालेको छ । संघीय सरकारले आउँदो मंसिर महिनामा प्रदेश र संघीय चुनाब गर्ने तयारी गरिरहेको समयमा मकवानपुरमा पाँच दलिय गठबन्धनका तर्फबाट रामनारायण बिडारीले उम्मेदवारी दिने चर्चा चलेको हो ।

संघ र प्रदेशका सांसदको म्याद मंसिरमा सकिन्छ र चुनाब पनि मंसिरमा गर्नुपर्ने भनेर निर्वाचन आयोग र सरकारले भन्दै आएको छ । आउँदो चुनाब सम्म पाँच दलिय गठबन्धन कायम रहने भनेर नेपाली कांग्रेस, नेकपा माओबादी, एकिकृत समाजबादी लगायतका पाँच दलिय गठबन्धनका नेताहरुले भन्दै आएका छन् । नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनु भएका बिडारीले पनि गठबन्धनका तर्फबाट आफुले चुनाबका लागि टिकट प्राप्त गर्ने विस्वास व्यक्त गर्नु भएको छ ।

२०४८ सालमा थाहा दर्शनबाट यसै क्षेत्रमा चुनाब लड्नु भएका विडारीले अबको चुनाबमा आफुले लड्न खोज्नु हक र अधिकार भएको जनपत्र डटकम संगको कुराकानीमा बताउनुभयो । २०४८ सालको चुनाबमा निकटतम प्रतिद्वन्दी भएर चुनाबमा पराजित भएको स्मरण गराउँदै उहाँले अब पार्टीको केन्द्रीय कमिटी र जिल्ला कमिटीको सहमतीमा मात्र चुनाबी मैदानमा उत्रने बताउनुभयो ।

आफ्नो क्षेत्रमा एक पटक पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई आफैले छोडिदिएको र अब भने आफै चुनाब लड्न पाउनुपर्ने माग गर्नुभयो । माओबादीबाट दुइ पटक सम्म सांसद भएकोले पनि पाटीले आफुलाई चुनाबमा लड्नका लागि टिक दिनेमा बिस्वास व्यक्त गर्नुभयो ।

आउँदो मंसिरमा संघ र प्रदेशको चुनाब हुनेमा बिस्वास व्यक्त गर्दै विडारीले भन्नुभयो–‘मंसिरमा चुनाब हुन्छ र पाँच दलिय गठबन्धन एक भएर चुनाबमा जान्छ । पूर्व प्रधानमन्त्रीले संसद विगठन गरेका कारण पनि गठबन्धन एक भएर यो चुनाबमा सहभागि हुन्छ ।’ गठबन्धन थाइ र दिगो भने नभएको माओबादी केन्द्रका केन्द्रीय सदस्य बिडारीले बताउनुभयो ।

छ महिनामा सबैजसो पार्टीका मन्त्रीहरु प्रिवर्तन गर्ने सहमती भएको उहाँले बताउनुभयो । त्यही अनुसार पनि एकिकृत समाजबादीले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएको बताउनुभयो । गैर सांसदलाई मन्त्री बनाउन नहुने उहाँले बताउनुभयो । एकिकृत समाजबादीका मन्त्रीहरु प्रति लक्षित गर्दै उहाँले भन्नुभयो–‘आफ्नो पार्टीका बिरुद्धमा अर्को पार्टीमा गएर अपिल गर्नु राम्रो होइन । मन्त्रीमा पार्टीले पठाएकाले पार्टीको निर्णय मान्नुपर्छ ।’

मकवानपुरको चित्लाङ र थानकोट जोड्ने गणेशमान मार्ग अहिले सम्पन्न हुन लागेको छ । यो सडक आफु २०७० सालमा सांसद हुँदा सुरु गरेको बिडारीले दावि गर्नुभयो । यसैगरी आफ्नै पहलमा चितवनको लोथरबाट राक्सिराङ, कैलाश, थाहा नगरपालिका र थानकोट जोड्ने सडक बनाउनका लागि चालु आर्थिक वर्षमा बजेट पनि छुट्याएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*