हेटौंडाको भैरवडाँडामा महिला मृत अवस्थामा, मृत्यु रहस्यमय

हेटौंडा १ भैरवडाँडामा एक जना महिला मृत अवस्थामा फेला परेकी छन् । भैरवडाँडाको जंगलमा महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । उनको मृत्यु रहस्यमय रहेको स्थानीयको भनाई छ । मृतक महिलाको नाम ठेगाना भने खुल्न सकेको छैन । घटनाको अवस्था बुझ्नका लागि प्रहरी उपरिषक सिंह आफै घटना स्थलमा पुग्नुभएको छ । करिब २५ बर्षिय तराई मुलकी महिलाको हत्या भएको हुन सक्ने प्रहरीले आसंका गरेको छ । टाउकोमा चोट भएकाले स्थानीयहरुले भने हत्या गरेको अराोप लगाएका छन् ।