प्रसारण लाइनको तारमा पुगेर दिनभर ‘तनाव दिएका’ व्यक्तिको उद्धार

जनपत्र
२८ जेष्ठ २०७९, शनिबार १९:५०

काठमाण्डाै – विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेर दिनभरि विभिन्न निकायलाई तनाव दिएका व्यक्तिको उद्धार भएको छ ।

नुवाकोटको ककनी गाउँपालिका–७ को टावरबाट तारमा पुगेका व्यक्तिको नेपाली सेनाले लिखु गाउँपालिकाबाट उद्धार गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले उज्यालोलाई जानकारी दिनुभयो ।

उनको उद्धारको लागि तालिमप्राप्त सेनाको टोली हेलिकप्टरसहित खटिएको थियो । नुवाकोटकै बेलकोटगढी घर भएका उनको मानसिक सन्तुलन बिग्रिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*