चाँगुनारायण केन्द्रविन्दु भएको भूकम्प गोरखा भूकम्पको परकम्प

भक्तपुर जिल्लाको चाँगुनारायण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिवार बिहान २ बजेर ३६ मिनेट जाँदा भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु भएर ४।७ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ । केन्द्रका भूकम्पविद् सुजनकुमार सुवेदीले विक्रम संवत् २०७२ वैशाख १२ गते गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५८३ परकम्प गएका जानकारी दिए । भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै आसपासका जिल्लामा समेत महसूस गरिएको छ ।