काठमाडौं उपत्यकामा भूकम्पको धक्का

जनपत्र
२८ जेष्ठ २०७९, शनिबार ०८:१९

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । राति २:३६ मिनेटमा ४.७ म्याग्नेच्युटको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चागुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रले जनाएको छ ।

राति भूकम्पको धक्का महसुस भएपछि काठमाडौं उपत्यकावासी त्रसित भएर घरबाहिर निस्किएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*