आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला गाडी नचल्ने

जनपत्र
२८ जेष्ठ २०७९, शनिबार ०८:१७

काठमाण्डाै – मुग्लिन नजिकै पर्ने पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा साना गाडी मात्र सञ्चालन भैरहेको छ । आँबुखैरेनी नजिकै मर्स्याङ्दी विद्युत् गृह नजिकै हिजो बिहान सडक भासिएपछि बन्द भएको सडक खण्ड मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि बन्द गर्न थालिएको छ ।

हिजो बेलुकी ७ बजेदेखि बन्द गरिएको सडक बिहान ५ बजे खुले पनि साना गाडी मात्रै सञ्चालन हुन सक्ने आँबुखैरेनी प्रहरीले जनाएको छ । सडक मर्मत गर्न समय लाग्ने भएकाले ठूला गाडीलाई वैकल्पिक बाटोबाट सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ ।

सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले हिजाे शुक्रवारदेखि नै भित्ता काट्न थालेको छ । ठूला गाडी सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठूला गाडी सञ्चालन गर्न नसकिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

हिजो बिहान सडक भासिएर कार खस्दा दुई जनाको ज्यान गएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*