काठमाण्डौसहित देशका धेरै ठाउँमा मौसम सफा, दिउँसोपख पानी पर्ने सम्भावना

काठमाण्डाै – अहिले काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सफा रहेको छ । अहिले बिहान मौसम सफा रहे पनि दिउँसो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
दिउँसो प्रदेश १, गण्डकी, मधेस र बाग्मती प्रदेशको केही ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आजको मौसम आंशिक बदली रहनेछ ।