हेटौंडा अस्पतालमा सुत्केरी भएका आमाहरुलाई स्यानेटरी प्याड बितरण
हेटौंडा । नेकपा एमालेको भातृ संगठन नेपाल स्वास्थ्यकर्मी महासंघ मकवानपुरको आयोजनामा आज हेटौंडा अस्पतालमा सुत्ेकरी भएका आमाहरुका लागि स्यानेटरी प्याड बितरण गरिएको छ । महासंघको १७ औं स्थापना दिवसका अवसरमा अस्पतालमा सुत्केरी भएका आमाहरुलाई स्यानेटरी प्याड बितरणगरिएको हो ।
सुत्केरी महिलाहरुका लागि धेरै दिन सम्म स्यानेटरी प्याड लगाउनुपर्ने भएकाले पयाप्त रुपमा प्याड बितरण गरिएको हो । कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी महासंघका उपाध्यक्ष रामहरी ढकाल, महासंघका बागमती प्रदेश सहइन्चार्ज पीताम्बर पन्त, मकवानपुर इन्चार्ज लिलाधर पौडेल, जिल्ला अध्यक्ष भोला प्रसाद चौलागाई, सचिब उत्सब चौलागाई लगायतकाको आतिथ्यता रहेको थियो ।