मकवानपुरका डिएसपी टेक बहादुर कार्की प्रदेशकै उत्कृष्ट प्रहरी

जनपत्र
२६ जेष्ठ २०७९, बिहीबार १७:११

हेटौंडा – जिल्ला प्रहरी कार्यालय(जिप्रका) मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । बैशाख महिनामा विभिन्न १३ वटा मुद्दामा २३ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको र स्थानीय निकायको चुनावमा भरपर्दो सुरक्षा प्रदान गरेको लगायतका कामको उच्च मूल्यांकन गर्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक कार्कीलाई ‘महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरेको हो ।

उनको नेतृत्वमा बैशाख महिनामा घरेलु हात हतियार सहित तीन, बलात्कार अभियोग लागेका एक, कुटपिट तथा हत्यामा संलग्न दुई, मोटरसाइलक चोरी संलग्न तीनलाई ४ वटा चोरीका मोटरसाइकल सहित पक्राउ गरि कानुनी दायरामा ल्याएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सोही अवधिमा उनको नेतृत्वमा लागऔषध गाँजा ४५७ किलो, खैहोहिरोइन १५ ग्राम ९०० मिलि ग्राम, प्रतिबन्धित औषधी(ONEREX 100 ML) ९३ बोत्तल, डाइजोपाम १०० एम्पुल, फेनारगन १०० एम्पुल, नुफिन १०० एम्पुल र नाइट्रोभेट १०५ ट्याब्लेट भएको कार्यालयले जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारिता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालयबाट जारी भएको “महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०७७ मा उल्लेखित व्यवस्थाअनुसार असोज महिनाको “महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले यस प्रदेशका मातहतका कार्यालयबाट महिनाभरि उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीको नामावली माग गरी सिफारिस भई आएकामध्ये उत्कृष्ट कार्य गर्ने एक प्रहरी कर्मचारीलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ छनोट गरी पुरस्कृत गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*