मकवानपुरका कांग्रेस जनप्रतिनिधिहरुलाई जनभावना अनुरूप पारदर्शी ढंगले काम निर्देशन

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आफ्ना जनप्रतिनिधिहरुलाई जनभावना अनुसार पारदर्शी ढंगले काम गर्नका लागि निर्देशन दिएको छ । आज पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जनप्रतिनिधिहरूले जिल्लाको विकास, शान्ति सुव्यवस्था र जनताका असीम इच्छा आकांक्षा एवं चाहनाहरूलाई पुरा गर्न तथा लोकतान्त्रीक मूल्य मान्यता, कानून वमोजिम विधिको शासन, न्याय, स्वतन्त्रता, समानताको लागी परी दिन रात नभनी अनुशासित र मर्यादीत ढंगवाट काम गर्न निर्देशन दिनुभयो ।
नेपालको राजनितीक कठिन कालखण्डमा नेपाली जनताको मनोभावनाको कदर गर्दै राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको प्रमुख हिस्सेदार रहेको बताउदै उहाँले नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भएको समेत बताउनु भयो ।
राणा शासन, पञ्चायती व्यवस्था, निरकुंस राजतन्त्र र शसस्त्र युद्धमा होमिएको माओवादी लाई लोकतान्त्रिक अभ्यास सँगै राजनीति स्थायित्वको जग बसाल्न र संविधान निर्माण देखि कार्यान्वयन को चरण सम्म आफ्नो नेतृत्व प्रदान गरी देशलाई निकास र आर्थिक विकास तर्फ उन्मुख गरेको देशको सबै भन्दा ठूलो लोकतान्त्रिक पार्टी काग्रेश रहेको उहाँले बताउनु भयो । देश र जनताका भावनाको कदर गर्दै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डताको रक्षाका लागि सधै अग्रपंक्तिमा रहेको अवगत गराउनुभयो ।
नेपाली जनताले लामो संघर्षवाट प्राप्त गरेका राजनीतिक उपलब्धीहरुको रक्षा गर्दै त्यही उपलब्धिको जगमा राष्ट्रको चौतफी विकास गर्ने लोकतान्त्रीक मूल्य मान्यता , कानून वमोजिम विधिको शासन, न्याय, स्वतन्त्रता,समानता को लागी नेपाली काग्रेश मकवानपुर जिल्ला समिति पार्टी पंक्ति, संङीय क्षेत्रीय सिमित,प्रदेश सभा क्षेत्रीय सिमित,नगर समिति,वडा समिति ,टोल समिति भातु संगठन, सम्पूर्ण युवा, विद्यार्थी, किसान, मजदुर, कानूनव्यवसायी, उद्योगी, व्यापारि,नागरिक समाज, पत्रकार , मानवअधिकारवादी,बद्धिजिवी, देश भक्त कर्मचारी, सुरक्षाकर्मीहरु लगाएत सबैमा राष्ट्र जनता , संविधान, विधिको सासन, र लोकतन्त्रको रक्षाको खातिर र स्थानीय सरकारलाइ बलीयो बनाउनको लागी जनप्रतिनिधि मार्फत शासन गर्न स्थानीय निर्वाचन २०७९ लाइ सफल पार्न यहाँहरुको निरन्तर सहयोग , सहभागिता र समर्थन भइ नेपाली काग्रेश मकवानपुरलाइ जिल्लाको ठ्रलो र शक्तीशाली पार्टी बनाउन लाग्नु हुने सम्पुर्ण मतदाता जनसमुदायमा हार्दीक धन्यवाद ज्ञापन गर्दछ ।
सभापति लामाले भन्नुभयो–‘लोकतन्त्रमा जनमत सर्वोपरि हुन्छ । कुनैपनी राजनीति दल एवं व्यक्तिले पाएको मत निश्चित अवधीका लागी मात्र हो । जनताले आफ्नो अभिमत जाएर गरेर जुनसुकै तहको सरकार निर्माण गरे संग९संगै त्यहाँ प्रतिपक्षको पनि निर्माण भएको हुन्छ यो लोकतन्त्रको सुन्दर पक्ष हो । संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएपश्चात देशको पुनसंरचना बमोजिम मकवानपुरमा दश स्थानीय तह भएका हुन् ।’ स्थानीय निर्वाचन २०७९ बैशाख ३० गते दोस्रो पटक निर्वाचन सम्पन्न भए पश्चात नेपाली कांग्रेस मकवानपुर जिल्लाको प्रमुख पार्टी भएको उहाँले बताउनुभयो।