मनहरीमा घरमै बसीरहेको अवस्थामा चट्याङ लागेर महिलाको मृत्यु

जनपत्र
२४ जेष्ठ २०७९, मंगलवार ०६:२०

हेटौंडा । मकवानपुरको मनहरीमा घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर एक जना महिलाको ज्यान गएको छ। गएराती परेको चट्याङ लागेर मनहरी गाउँपालिका वडा नम्बर–६ हिलादमारमा स्थानीय ३७ बर्षीय माया बाल्पा थिङको मृत्यु भएको हो । उहाँ घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको थियो। चट्याङ लाग्ने बित्तिकै उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*