अपांगता भएकालाई पुनर्स्थापना सेवामा पहुंच विषयक प्रदेश स्तरिय समन्वय बैठक सम्पन्न, सिद्धान्त र प्राथमिकताको आधारमा अपांग लक्षित कार्यक्रम छ: मन्त्री लामा

जनपत्र
२१ जेष्ठ २०७९, शनिबार ०७:०५

हेटौंडा/हेटौंडामा अपांगता भएका व्यक्तिहरुलाई पुनर्स्थापना सेवामा पहुँचका विषयमा प्रदेश स्तरिय सरोकारवाहरुसंगको समन्वय बैठकमा सम्पन्न भएको छ ।
राष्ट्रिय अपांग कोषको आयोजना तथा राष्ट्रिय अपांग महासंघ नेपाल बागमती प्रदेशको समन्वयमा अपांगता भएकाहरुको पुनर्स्थापना सेवाको विषयमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई जानकारी दिन, पुनर्स्थापना सेवामा पहुंच अभिबृद्धि गर्न, सरोकारवालाहरुसंग समन्वय तथा सहकार्य गर्न, पुनर्स्थापना सेवालाई दीगो बनाउनका लागि प्रदेशबाट कोष अभिबृद्धी गरी धेरै भन्दा धेरै व्यक्तिहरुलाई सेवा सुनिश्चितता र कोषको पुनर्स्थापना केन्द्रमा उपलब्ध सेवाहरु बारे जानकरी गराउने उदेश्यको साथ वैठक आयोजना गरिएको हो ।
कल्याण परिषद राष्ट्रिय अपांग कोषको अध्यक्ष डेकराज भट्टराईको अध्यक्ष्यता तथा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको माननीय स्वास्थ्य मन्त्री निमा लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । समन्वय बैठकमा समाज कल्याण परिषद राष्ट्रिय अपांग कोष स्थापना लगायत संस्थाले पुनर्स्थापना क्षेत्रमा गरिने कार्यको बारे जानकारी दिएको थियो । साथै पुनर्स्थापना के हो ?, पुनर्स्थापना सम्बन्धि धारणाहरु, सवैका लागि पुनर्स्थापना, स्वास्थ्य प्रणालीमा पुनर्स्थापना सुदृढीकरण लागि सिफारिसहरु, पुनर्स्थापना सेवाको बढ्दो माग बारे ध्यानाकर्षण, पुनर्स्थापना सेवा सम्बन्धमा नेपालको हालको अवस्था, विभिन्न स्वास्थ्य नीति र निर्देशिकाहरुमा पुनर्स्थापना सेवा सम्बन्धमा गरिएको व्यवस्था, सहायता सामाग्रीहरुको सुचि, विश्व स्वास्थ्य संगठन अनुसार र समस्या तथा चुनेतिवारे प्रस्तुतिकरण गरिएको हो ।
सिदान्त र प्राथमिकताको आधारमा अपांग लक्षित कार्यक्रम छ: मन्त्री लामा
कार्यक्रममा मन्तव्यको क्रममा बागमती प्रदेशका स्वस्थ्य मन्त्री निमा लामाले अपांगता भएका व्यक्तिहरुले आफु असक्षम छु कमजोर छु भन्ने भावना हटाउन आग्रह गर्दै यसपालीको बजेटमा सिदान्त र प्राथमिकताको आधारमा राखेर अपांगता भएका व्यक्तिहरुलाई लक्षित कार्यक्रमहरु ल्याएको बताउनु भयो । आगमी दिनहरुमा स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा अपांगता भएकाहरुलाई बिशेष प्राथमिकता दिने बताउनु भएको छ । अपांगता भएका व्यक्तिहरुलाई महासंघसंग समन्वय गरेर आवश्यक गुणस्तरिय सहायता सामाग्री प्रदान गरिने समेत बताउनु भयो । मन्तव्यकै क्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिस्ठानका अध्यक्ष राजेश प्रसाईले हेटौंडा अस्पतालले अपांगता भएकाहरुलाई लक्षित गरि बिभिन्न स्वास्थ्य परिक्षणका कार्यक्रमहरु गर्दै आएको र आगमी दिनमा पनि निरन्तर हुने बताउनु भयो । प्रसाईले हेटौंडा अस्पतालमा अपांगता भएका व्यक्तिहरुको सहजताको लागि दोभाषेको पनि व्यवस्था गर्ने प्रतिबद्धता जानाउनु भएको छ । मन्तव्यको क्रममा गैर सरकारी महासंघका अध्यक्ष आरती पाठकले भौतिक संरचनाहरुमा अपांग मैत्रीको अभ्यास भएपनि हामीले भावनात्मक रुपमा अपांग मैत्री हुन नसकेको र हाम्रो मनासिकतामा अपांग मैत्री भावना हुनु जरुरी रहेको बताउनु भयो । त्यसैगरि राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष अश्विन लम्सालले सरकारले अपांगता भएकाहरुको लागि केही प्रयास गरेको भएपनि व्यवहारिक नभएको र अझै धेरै सुधार गर्नु पर्ने देखिएको बताउनु भएको छ ।
कार्यक्रममा बागमती प्रदेशका अपांगता तथा पुनर्स्थापना सेवाको क्षेत्रमा कृयाशिल विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका गरी ४० जनाको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*