कहिलेसम्म पर्ला पानी ? यस्तो छ आगामी तीन दिनसम्मको मौसमी अवस्था

जनपत्र
१९ जेष्ठ २०७९, बिहीबार ०८:०३

आगामी तीन दिनसम्म मौसममा बदली रहिरहने मौसम विभागले जनाएको छ । विभागले बिहीवार बिहान सार्वजनिक गरेको मौसम बुलेटिन अनुसार, बिहीवार, शुक्रवार र शनिवार नै मुलुकमा बदली सहित केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने उल्लेख गरिएको छ ।

विभागका अनुसार अहिले नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ । जसका कारण मौसममा बदली आइरहेको विभागले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*