नागरिक समाज र स्थानीय सरकार वीच अन्तरक्रिया

जनपत्र
५ असार २०७६, बिहीबार १७:३७

हेटौंडा । नागरिक समाज तथा स्थानीय सरकार बीचको सहकार्यमा अवसर र चुनौती बिषयक अन्तरकृया कार्यक्रम भएको छ । इन्सेक मकवानपुरको आयोजनामा पारस्परिक जवाफ देहिता परियोजना अन्तरगत कार्यक्रम गरिएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, प्रदेश ३ पत्रकार महासंघका अध्यक्ष प्रताप बिष्ट, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल, इन्सेक मकवानपुरका प्रतिनिधि पुस्पराज अधिकारी लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुले नागरिक समाज तथा स्थानीय सरकार बीचको सहकार्यका बिषयमा आफ्ना सुझाब राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*