ओली भेट्न बालकोट पुगे बालेन शाह

जनपत्र
१७ जेष्ठ २०७९, मंगलवार १९:४३

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शाह ओलीलाई भेटन ओली निवास बालकोट नै पुगेका छन्।

शाह स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरमा स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचित भएका हुन् । शाहले निर्वाचित भएपछि पहिलोपटक राजनीतिक दलका नेतालाई भेटेका छन् । उनले यसअघि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई सैनिक हेडक्वाटरमै पुगेर भेटघाट गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*