संखुवासभा अस्पतालको लापर्वाहीले तीन महिना नवित्दै अक्सिजन प्लान्ट बन्द

जनपत्र
१७ जेष्ठ २०७९, मंगलवार १९:३९

संखुवासभाको जिल्ला अस्पतालको लापर्रवाहीले तीन महिना नवित्दै अक्सिजन प्लान्ट बन्द भएको छ । अस्पतालले जडान गरेर सञ्चालनमा आएको तीन महिना नवित्दै अक्सिजन प्लान्ट बिग्रिएको हो । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको ६८ लाख ५० हजार सहयोगमा अक्सिजन प्लान्ट जोडिएको थियो । कार्तिकको दोश्रो सातामा जोडिएको प्लान्ट माघ महिनासम्म चलेको थियो । त्यसपछि प्लान्टमा अक्सिजन उत्पादन बन्द भएको अस्पतालले जनाएको छ ।

ठेकेदार कम्पनी प्रविधि ईन्टरनेश्नलले मर्मतमा वेवास्ता गर्दा अस्पतालले धरान र विराटनगरबाट अक्सिजन किनेर सेवा दिँदै आएको छ । पटकपटक मर्मतका लागि पत्राचार गर्दा पनि ठेकेदारले बेवास्ता गरेपछि ४ महिना देखि अस्पतालले अक्सिजन खरिद गरिरहेको छ । अस्पताल परिसरमै अक्सिजन प्लान्ट जडान भएपनि अक्सिजन भर्नका जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता भने अझै हटेको छैन । यो अक्सिजन प्लान्ट सञ्चालन भएमा दैनिक ५० लिटरका २५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताए ।

विरामीका आफन्तले भने लाखौ खर्च गरेर ल्याएको अक्सिजन प्लान्ट मर्मत नगर्ने कम्पनीलाई कारवाही गर्नु पर्ने माग राखेका छन् ।
जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने त्यस्ता कम्पनीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने स्थानीयको माग छ । जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने त्यस्ता कम्पनीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने खाँदबारीका स्थानीय जीवनाथ खनाल माग गरे । ‘अक्सिजन प्लान्ट बिग्रिदा अस्पतालको खर्च पनि बढ्यो,’ उनले भने, ‘मर्मत नगर्ने ठेकेदार कम्पनीलाई कारवाही हुनु पर्छ, विरामीको स्वास्थ्यमा खेडवाड गर्न भएन नी ।’ उनले अस्पताल प्रशासनले यो कुरामा ध्यान नदिएको आरोप लगाएका छन् ।

संखुवासभाको १० वटै स्थानीय तहमा भएको स्वास्थ्य संस्थामा अक्सिजन पु(याउने उदेश्यले प्लान्ट जडान गरिएको हो । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भएपछि आईसियू सेवा समेत सञ्चालन गरिएको छ । तर प्लान्ट बिग्रिएपछि भने समस्या भएकाले धरान विराटनगरबाटै अक्सिजन सिलिन्डरमा भरेर ल्याउनु परेको अस्पताल प्रशासनले जनाएको छ । ५० बेड क्षमताको जिल्ला अस्पतालमा २४ सै घण्टा पाइपवाट अक्सिजन उपलब्ध गराउने उदेश्यले प्लान्ट जोडिएको थियो । अक्सिजन प्लान्ट बिग्रिएपछि बाहिरी जिल्लाबाट किनेर ल्याउनु पर्दा अस्पतालको खर्चमा समेत बृद्धी भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*