आगामी दुई वर्षभित्र सबै नागरिकलाई विद्युत सेवा पुर्याउने घोषणा

काठमाडौं । सरकारले दुई वर्षभित्र सबै नागरिकमा विद्युत सेवा पुर्याउने घोषणा गरेको छ । आन्तरिक खपतबाट बढी भएको ऊर्जा निर्यात गर्ने समेत अर्थमन्त्री जनार्दन शर्माले बताए ।
ठूला र जलाशययुक्त आयोजनामा स्रोत व्यवस्थापन तथा लघु र नवीकरणीय ऊर्जाका माध्यमबाट विद्युत सेवा बिस्तार गरिने अर्थमन्त्री शर्माले जानकारी दिए ।