प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन, ७ अर्ब ५ करोड बजेट विनियोजन

जनपत्र
१५ जेष्ठ २०७९, आईतवार १७:१५

काठमाण्डौ – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०८९/८० को बजेट संसदमा प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरी रोजगारी सृजनाका लागि ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

बाझो जमिन पहिचान गर्दै स्थानीय सरकारसँग सहकार्य गरी बेरोजगारको सूचीमा सूचीकृत जनशक्तिलाई कृषिमा लगाउने सरकारको योजना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*