हराएको विमानमा १६ नेपाली र ६ विदेशी

तारा एयरको जहाजको खोजी मुस्ताङको घाँसामा केन्द्रित
जनपत्र
१५ जेष्ठ २०७९, आईतवार ११:३१

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ ।

प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ ।

९ एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ । जहाजमा चालकदलका ३ सदस्य  पनि छन् ।

जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।

सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए । तारा एयरको उक्त जहाज पोखराबाट १९ जना यात्रु लिएर मुस्ताङको जोमसोम उडेको थियो । उक्त जहाज सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । घिमिरेले पहिले नागरिक उड्ययन प्राधिकरणमा पनि काम गरेका थिए । अनलाइन खवरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*