तीन प्रदेशमा बिहानैदेखि वर्षा, बाँकी प्रदेशको मौसम कस्तो?
देशका तीन प्रदेशका विभिन्न क्षेत्रमा आइतबार बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। आइतबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ।
विभागका अनुसार यी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।