दार्चुला मालिकार्जुन गाउँपालिकाको निर्णय- शिक्षक र कर्मचारीलाई राजनीतिमा निषेध

जनपत्र
१५ जेष्ठ २०७९, आईतवार ०८:०२

दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक र कर्मचारीलाई राजनीति गर्न निषेध गरेको छ। जेठ १३ मा बसेको गाउँ कार्यकालिकाको बैठकले शिक्षक र कर्मचारीको राजनीतिक दलसँगको आवद्धता निषेध गर्ने निर्णय गरेको छ।

गाउँपालिकाभित्र रहेका शिक्षक र कर्मचारीले सात दिनभित्र आफूले राजनीतिक दलसँगको आवद्धता त्यागेको विवरण पेश गर्नुपर्नेछ। गाउँपालिका अध्यक्ष हिरासिंह धामीले राजनीतिक दलको आवद्धता निषेध गर्ने निर्णय गरिएको बताए।

‘सात दिनभित्र राजनीतिक दलको आवद्धता त्यागीरत्याग्न लगाई सोको जानकारी गाउँपालिका कार्यालयमा पेश गर्न अनुरोध छ। अन्यथा कानुनबमोजिम भई जाने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ उनले भनेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*