बोरा भित्र हालेर खानेपानीको ट्याङ्कीमा फालेको अवस्थामा नवजात शिशुको शव फेला

ओखलढुंगाको सिद्धिचरण नगरपालिका २ ठुलाछापमा पुरानो पानी ट्याङकी भित्र एक नवजात शिशुको शव फेला परेको छ ।
बोराभित्र पोको पारेर टयांकीमा फालिएको अवस्थामा सालनाल सहितको शिशुको शव फेला परेको हो ।
शनिवार बिहान बोराभित्र शिशुको शव भेटिएको भनेर प्रहरीलाई खबर प्राप्त भएको र प्रहरी घटना स्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रमुख प्रहरी कार्यालय ओखलढुंगाका नायव उपरीक्षक शुकदेव खनालले जानकारी दिए ।
शिशुको शव झन्डै ३–४ दिन अघिको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
नवजात शिशुको शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।