शेयर बजार डामाडोल हुँदा पनि सरकारलाई चासो छैन- सांसद नविना लामा

नेकपा एमालेकी संसद नविना लामाले देशको अर्थतन्त्रको बारेमा कुरा उठाएकी छन् ।
शेयर बजारको विषयलाई जोड्दै उनले सरकारले आफ्नो नीति तथा कार्यक्रममा यससम्बन्धी कुनै पनि कुराहरु समावेश नगरेको भन्दै गुनासो गरेकी हुन् ।
लामाले भनिन्, ‘हाम्रो सरकारको अर्थमन्त्रीको रुपमा विष्णु पौडेल भएको बेला सेयर बजार ३२ सय अंकमा थियो । गठबन्धनको सरकार बनेपछि २२ सय अंकमा झरेको छ । यो सरकारले नीति तथा कार्यक्रममा सेयर बजार माथि उठाउने कुनै योजना ल्याएन ।’