स्याङ्जामा प्याराग्लाइडिङबाट खसेर युवती घाइते

जनपत्र
१३ जेष्ठ २०७९, शुक्रबार १६:२८

स्याङ्जा । प्याराग्लाइडिङ सिक्ने क्रममा खसेर स्याङ्जाको स्वरेक मैदानमा एक युवती घाइते भएकी छन् ।

शुक्रबार दिउसो १२ः५० बजे भीरकोट नगरपालिका–८ स्वरेक मैदानमा प्याराग्लाइडिङ सिक्ने क्रममा खसेर स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।

प्याराग्लाइडिङबाट खसेकी अर्यालको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा लगाइएको छ । स्वरेक मैदानमा नियमित रुपमा प्याराग्लाइडिङ उडाउने गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*