लोकतान्त्रिक अभ्यासमा हार-जितलाई सामान्य रुपमा लिएकाे छु : केशव स्थापित

जनपत्र
१३ जेष्ठ २०७९, शुक्रबार १२:३४

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा मेयर पदमा उम्मेदवार भइ पराजित भएका केशव स्थापितले मेयरमा निर्वाचित भएका बालेन साह र उपमेयर सुनिता डङ्गोललाई बधाई तथा शुभकामना दिनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले आफू पटक–पटक लडेर पनि फेरि धुलो टकटक्याएर उठेको व्यक्ति भन्दै लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्य रुपमा लिएकाे बताउनु भएको छ।

नागरिकको  सेवक भएर काम गर्ने आफ्नो आकाङ्क्षा भए पनि चुनावी परिणामले त्यो सफलता प्राप्त हुन नसकेको उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*