दाङमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयाे

जनपत्र
१३ जेष्ठ २०७९, शुक्रबार ११:३२

दाङ – दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही-१० सेवार खोला नजिकै गएराति रा १ क ४३७३ नम्बरको ट्रकले रा ५ प १५३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो।

दुर्घटनामा घोराही-१९ नयाँ बस्तीका २५ वर्षीय बागकुमार पुनकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताउनुभयो । उहाँकाअनुसार घोराहीबाट तुलसीपुर जाँदै गरेकाे ट्रकले माेटरसाइकललाई ठक्कर दिएकाे थियाे ।

पुनकाे शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको र थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले  बताउनु भयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*