पेट्रोलियम पदार्थको मुल्य बृद्धीसंगै मकवानपुरमा दैनिक उपभोग्य सामानको मुल्य आकासीयो

हेटौंडा । सरकारले दश दिनको विचमा पेट्रोलियम पदार्थको मुल्य २० रुपैयाँ बृद्धी गरेपछी मकवानपुरमा दैनिक उपभोग्य सामानको मुल्य आकासीएको छ । आम उपभोक्तको ढाडनै सेक्नेगरी दैनिक उपभोग्य सामानको मुल्यबृद्धी भएको उपभोक्ताहरु बताउँछन् । बिशेषगरी हेटौंडा बजारमा पाइने हरेक सामानको मुल्यबृद्धी भएको छ । दैनिक उपभोग्य खाद्यान्नका सामाग्री, तरकारी, फलफूलको मुल्यबृद्धी भएको छ । पछील्लो दुइसातामा चामल, दाल, गेडागुडी, खाने तेल लगायतका खाद्यान्न सामाग्रीमा मुल्यबृद्धी भएको हेटौंडा–४ का श्याम घिमिरे बताउनुहुन्छ ।
पेट्रोलियम पदार्थको मुल्यबृद्धी भएसंगै मकवानपुरको थाहा नगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका, बकैयाँ गाउँपालिका, बागमती गाउँपालिका र भीमफेदी गाउँपालिकामा बसोवास गर्ने उपभोक्तालाई झनै समस्या परेको छ ।
हरेक सामान हेटौंडाबाट ढुवानी गरेर लैजानुपर्ने हुँदा गाडीभाडा झनै बृद्धी भएकाले दैनिक उपभोग्य सामानको मुल्य आकासीएको यहाँका उपभोक्ताहरु बताउँछन् । सरकारले डिजेल, पेट्रोलको मुल्यबृद्धी गरेपछी मालवाहक सवारीका साधनले सामान ढुवानीमा मुल्यबृद्धी गर्दा यस्तो समस्या परेको हो । आफुखुसी रुपमा गाडीभाडा बृद्धी हुने र हरेक सामानको मुल्यबृद्धी हुँदा समेत यसको अनुगमन हुन सकेको छैन ।