सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्न सक्नुपर्छ : ओली

जनपत्र
१२ जेष्ठ २०७९, बिहीबार १७:५२

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भनेर सरकारले भन्न सक्नुपर्ने बताउनुभएकाे छ ।

आज बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई त्याे जमिन फिर्ता ल्याउन सक्ने कि नसक्ने स्पष्ट भाषामा जवाफ दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो कि होइन ? सरकारे नेपालको हो भन्न सक्छ कि सक्दैन ? यो जमिन फिर्ता ल्याउँछु भन्न सक्छ कि सक्दैन ? प्रधानमन्त्रीज्यूबाट जवाफ स्पष्ट भाषामा हामी चाहन्छौँ । नेपालको भूमि नेपालको हो भन्न सक्नुहुन्न भने, यो फिर्ता ल्याउने प्रयास गर्छु भन्न सक्नुहुन्न भने, राष्ट्रिय हितको रक्षा गर्न सक्नुहुन्न भने के हो सरकारको नेतृत्व भनेको ? नेतृत्वविहीन भएन सरकार ? प्रतिपक्षले नेतृत्व लिनुपर्ने राष्ट्रिय हितको ?’

अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपाली नक्सामा समावेश गराइएको भए पनि वर्तमान सरकारले त्याे भूमि आफ्नो भन्न नसकेको बताउनुभयो ।

संसदमा बाेल्दै अध्यक्ष ओलीले नेपाल सरकारले ‘नेपाल–भारत प्रबुद्ध समूह’ (ईपीजी) को प्रतिवेदन बुझेर जनतालाई प्रतिवेदनको बारेमा बताउनुपर्ने बताउनुभयो । भारतीय प्रधानमन्त्रीले ईपीजी प्रतिवेदन नबुझे पनि नेपालको प्रधानमन्त्रीले प्रतिवेदन बुझ्नुपर्ने उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*