भोट हालेको भोलिपल्ट सरकारले नागरिकलाई महंगीको डण्डाले हिर्कायो : ओली

जनपत्र
१२ जेष्ठ २०७९, बिहीबार १३:०८

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मूल्य वृद्धिको कीर्तिमान कायम गरेको आरोप लगाउनु भएको छ ।

संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उहाँले मूल्य वृद्धिको पवृत्ति अभूतपूर्व रहेको भनदै टिप्पणी गर्नुभयो । एमाले अध्यक्ष ओलीले पालिका चुनावको भोट हालेको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हानेको बताउनुभयो ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको एक हप्ता पनि नपुग्दै फेरि अर्को मूल्य वृद्धि गरेर सरकारले नागरिकलाई पटक पटक डण्डाले हिर्काउने काम गरेको टिप्पणी गर्नुभयो । उहाँले पेट्रोलियम पदार्थको मूल्य बढेपछि ढुवानीको भाडा स्वत: बढ्ने भएकाले नागरिकले हरेक वस्तुमा महंगीको मार खेप्नु परेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*