सरकारी सवारीसाधन नियन्त्रणको क्रममा अनेरास्ववियुका नेता कार्यकर्ता गिरफ्तार

जनपत्र
१२ जेष्ठ २०७९, बिहीबार ११:२६

हेटौडा l नेकपा एमाले निकट विधार्थी संगठन अनेरास्ववियुका नेता कार्यकर्ता गिरफ्तार भएका छन l उनिहरुलाई मकवनापुर बहुमुखी क्याम्पसवाट समातिएको हो l पेट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरुद्धमा अनेरास्ववियुले देश भरि आन्दोलन गरिरहेको छ l अनेरास्ववियु केन्द्रीय कमिटीको सर्कुलर अनुसार मंगलबार बुध्द चोकमा सांकेतिक प्रदर्शन स्वरूप सवारी साधन ढकालेर, दाउराले चिया पकाएर पर्चा बोकी नारा सहित प्रदर्शन गरिएको थियो भने आज सारकारी सवारी साधन रोक प्रदर्शन गरिएको थियो उक्त प्रदर्शनमा विरोधस्वरूप सरकारी सवारीसाधनको चाबी नियन्त्रणमा लिएर नजिकैको प्रहरी कार्यालयमा बुझाउने योजना रहेको थियो l हेटौडाका विभिन्न क्याम्पस आगाडी प्रदर्शन भई रहेकोमा मकवनापुर बहुमुखी क्याम्पस आगाडी सरकारी सवारीसाधन नियन्त्रण लिने क्रममा प्रहरीले अनेरास्ववियु स्थायी कमिटि सदस्य सन्तोष पौडेल, जिल्ला उपाध्यक्ष भुवन मैनाली, जिल्ला सचिब पुष्कर तिमल्सिना लगायत अन्य विधार्थी नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको हो l गिरफ्तार गरिएका नेता कार्यकर्ताको रिहाईका लागि जिल्ला अध्यक्ष बिशाल पौडेलले एक बिज्ञप्ति जारि गर्दै प्रशासनलाइ रिहाईको माग गरेको छ l विज्ञप्तिमा गिरफ्तार गरिएको घटनाप्रति खेद व्यक्त गर्दै शान्तिपूर्ण प्रदर्शनमाथिको प्रहरी हस्तक्षेप निन्दनीय रहेको र गिरफ्तार गरिएका साथीहरुको निशर्त अबिलम्ब रिहाईको लागि प्रशासन समक्ष अपील गर्दै रिहाई नगरे अन्यथा उत्पन्न हुने परिस्थितिको हेक्का राखन चेतावनी समेत दिएका छन l

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*