चिरिबाबु महर्जनले पदभार ग्रहणसँगै गरे तीन वटा निर्णय

जनपत्र
१२ जेष्ठ २०७९, बिहीबार ०६:१९

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पदभार ग्रहण गर्दै तीन वटा निर्णय गरेका छन् ।

उनले वुधबार पदभार ग्रहण गर्दै वडास्तरीय विकास निर्माण र सम्पादन हुने काम सबै वडाबाटै गर्ने, चक्रपथ बाहिरका क्षेत्रबाट पनि फोहोरमैला संकलन गर्ने र अनलाइनबाट राजस्व तिर्ने व्यवस्था गर्ने निर्णय गरेका छन् ।

ललितपुर महानगरपालिकाले किनेको कम्प्याक्ट ट्रक दुई हप्तामा आइपुग्ने र त्यसपछि फोहोर संकलन गरिने उनले बताए । त्यस्तै, उनले अनलाइनमार्फत राजस्व संकलन गर्ने घोषणा समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*