फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी

जनपत्र
१२ जेष्ठ २०७९, बिहीबार ०६:१४

रौतहटको फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।नेपाली कांग्रेसको तफबाट प्रमुखमा गोपाल राय यादव र उपप्रमुखमा अमवेया खातुन निर्वाचित भएकी छन् ।

रौतहटको फतुवा विजयपुर नगरपालिकामा कांग्रेसका गोपाल राय यादवले नेकपा एमालेका विजय यादवलाई १ हजार ४९० मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् । नवनिर्वाचित नगर प्रमुख गोपाल राय यादवले ४ हजार ८५१ मत पाउँदा विजय यादवले ३ हजार ३६१ मत पाए ।

यस्तै, उपमेयरमा पनि कांग्रसका उम्मेदवार रहेकी खातुनले एमालेकी कान्ति देवीलाई १ हजार ४९४ मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् । खातुनले ५ हजार १६२ मत प्राप्त गर्दा देवीले ३ हजार ६६८ मत प्राप्त गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*