हेटौंडामा पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधः सडकमा दाउरा बालेर चिया बनाइयो

जनपत्र
१० जेष्ठ २०७९, मंगलवार २०:०८

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा विरोध प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु मकवानपुर, नेपाल खेलकुद महासंघ लगायत भ्रातृ संगठनहरुको संयुक्त आयोजना हेटौंडाको वुद्धचोकमा विरोध प्रर्दशन गरिएको हो ।

मुल्यवृद्धि फिर्ता गर, सडक हामी तताउंछौ मुल्य वृद्धि घटाउँंछौ, परमादेशी सरकार राजिनामा दे, नालायक सरकार होसियार लगायत नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् । सरकारले छोटो समयमा पटक–पटक पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन् ।

उनीहरुले पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा मोटरसाइकल डो¥याएरका थिए भने ग्याँस सिलिण्डरको मुल्यवृद्धि विरुद्ध सडकमा चुलो बनाएर आगो समेत बालेका थिए ।  साथै सिलिण्डरमा ‘मैले पकाएर खाएको पनि देखि सकेनौं हैँ ?’ भन्दै सरकारलाई प्रश्न गरिएको थियो । त्यस्तै ‘मोटरसाइकलसंग पेट्रोल साट्ने कोही हुनुहुन्छ ?’ प्रश्न गर्दै ‘सरकारले कुदाउन हैन, डो¥याउन भन्नु भाछ’ भन्दै सरकारलाई ब्यङ्ग्य गरिएको थियो ।

सरकारले आइतबारबाट पेट्रोल र डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको थियो । यो संगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ र ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ ।

जिल्लाको भिमफेदी गाउँपालिकामा अनेरास्ववियु भिमफेदी गाउँ कमिटीले पेट्रोलियम पदार्थ, ग्याँसमा गरिएको मुल्यवृद्धि विरुद्धको विरोधमा प्रदर्शन गरेको छ। विद्यार्थीहरुले भिमफेदी बजारमा विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले मुल्यवृद्धि फिर्ता गर, पेट्रोल हो कि सुन हो, करले किन्न सक्छ ? परमादेशी सरकार राजिनामा दे, लगायतको प्ले कार्ड सहित प्रदर्शनीमा उत्रिका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*