निर्वाचित जनप्रतिनिधीलाई बधाइ दिन हेटौंडा आए माधब नेपाल, संघ र प्रदेशको चुनावी तयारी गर्न निर्देशन

जनपत्र
१० जेष्ठ २०७९, मंगलवार १७:५०

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा आफ्नोपार्टीबाट निर्वाचित जनप्रतिनिधीलाई बधाइ दिन एकिकृत समाजबादीका अध्यक्ष माधब कुमार नेला हेटौंडा आइपुगेका छन् । गठबन्धनको बलमा एकिकृत समाजबादीले चुनाब जितेपनि गठबन्धन दलका नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्रका बिजयी नेताहरुलाई सहभागि नगराइकलन आफ्ना पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई मात्र बधाइ दिएर गएका छन् । अब संघ र प्रदेशको चुनावी तयारी गर्न निर्देशन उहाँले निर्देशन दिनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी‚ का अध्यक्ष माधव नेपालले आउँदो मंसिरभित्रै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् । आज नेकपा (एकिकृत समाजवादी‚ मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा आम मतदाताहरुलाई धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मंसिर भित्रै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने बताएका हुन् ।

उनले मकवानपुरको दुई वटा संघीय क्षेत्र र ४ वटा प्रदेश सभा सदस्यको निर्वाचन जित्नेगरी पार्टीको कामहरु अघि बढाउन कार्यकर्तालाई निर्देशन दिए । उनले भनेः अब गठबन्धन होला भनेर पर्खेर बस्ने होईन । आँट नभएका मान्छेहरु अहिलेनै यसो लम्पसार परेर बसे हुन्छ,आँट भएका मान्छेहरु अगाडी बढ्नुपर्छ । अनि टिकट पाएपछि खट्छु नभए खट्दिन भन्ने मान्छेलाई पनि छोडदिए हुन्छ । टिकट पाएन भने पार्टी छोडेर हिड्छु भन्ने छन् भने अहिलेदेखि हिसाबकिताब राख्नुपर्छ । अन्तिम समयमा पार्टीलाई धोका दिन्छन् भने त्यसलाई ख्याल गर्नुपर्छ । अन्तिम बेलामा धोकादिनेहरुको के हविगत हुन्छ सिक्नु छ भने हेटौंडाबाट सिकेपनि हुन्छ ।’

उनले आफ्नो पार्टीले आठ महिनाको छोटो अवधिमा ठूलो उपलब्धी हाँसिल गरेको दाबी गरे । उनले स्थानीय निर्वाचनमा केहि स्थानमा गठबन्धन र केहि स्थानमा एक्लै विजयी हाँसिल गर्न पार्टी सफल रहेको बताए । अध्यक्ष नेपालले हेटौंडाको नवनिर्वाचित मेयर मिनाकुमारी लामालाई बधाई दिँदै जनपक्षीय काम गर्न आग्रह गरे ।

उनले पार्टीको उदेश्य समाजवाद उन्मुख रहेको बताउँदै सामाजिक न्याय,सामाजिक समानता,विकास र समृद्ध तर्फ काम गर्नुपर्ने बताए । उनले मेयर लामालाई अघिल्लो मेयरहरुले गरेको काम र उनिहरुको कमजोरीलाई नोट गर्दै राम्रा कुरालाई ग्रहण गर्न र नराम्रो कुरालाई नदोहोराउने प्रतिबद्धता गर्न अनुरोध गरे । उनले आफ्ना जनप्रतिनिधिहरुलाई जनताको चाहना र माग अनुसार योजना बनाउन र काम गर्न आग्रह गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*