शेयर बजार १६ अङ्कले बढ्यो, १ अर्ब ८ करोड रुपैयाँको कारोबार

जनपत्र
१० जेष्ठ २०७९, मंगलवार १५:५२

काठमाण्डाै – हिजो साेमवार ३४ अङ्कले घटेको शेयर बजार आज मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ३२ अङ्कले घटेर दुई हजार दुई सय १७ दशमलव १९ विन्दुमा पुगेको छ ।

आज व्यापार र म्युचुल फन्डबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । दुई सय २४ कम्पनीकाे ३१ लाख कित्ता शेयर एक अर्ब आठ करोड ८८ लाख रुपैयाँमा कारोबार भएकाे छ ।

आज लक्ष्मी लघुवित्तको शेयर झन्डै ६ प्रतिशत र माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको शेयर साढे पाँच प्रतिशतले बढेको छ । कर्पोरेट विकास बैंकको शेयर भने १० प्रतिशतले घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*