हेटौंडामा पुस्प व्यावसायको वर्तमान अवस्था, अवसर र चुनौतीहरु विषयक गोष्ठि
हेटौंडा । पुस्प व्यावसायको वर्तमान अवस्था अवसर र चुनौतीहरु विषयक गोष्ठि आज हेटौंडामा भएको छ । फ्लोरिकल्चर एशोशिएसन नेपाल ललितपुरको आयोजना तथा बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री वशुन्धरा हुमागाईंले फूलखेती गर्ने किसानका लागि प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेटमा समेट्ने बताउनुभयो । कार्यक्रममा मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले फूलखेती गर्दा प्रविधिको प्रयोगविना काम गर्न नसकिने बताउनुभयो ।
धेरै जमिन ओगटेर पुस्पखेती गर्ने किसानका लागि चिस्यान केन्द्रको स्थापना गरिदिने बताउनुभयो । खेतीमा विपदबाट हुने क्षतिका लागि कोष स्थापना गर्ने सचिब पाण्डेले बताउनुभयो ।
कार्यक्रममा सहभागि भएका किसानले भने हावाहुरीका कारण र अत्यधिक गर्मीका कारण अहिले चितवनमा फूलहरु मर्दै गएको बताएका छन् । सरकारले किसानका लागि समस्या पर्दा क्षतिपूर्ति दिने व्यावस्था नहुदा किसान विदेश जानुपर्ने समस्या रहेको बताएका छन् ।
कार्यक्रममा प्रदेशका कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री इन्द्रमायाँ गुरुङ, कृषि विकास निर्देशनालय हेटौंडाका निर्देशक रविन्द्र बहादुर प्रधान लगायतका बिभीन्न क्षेत्रका बिज्ञहरुको उपस्थिती रहेको थियो ।