कञ्चनपुरको भीमदत्त र पुनर्वासमा कांग्रेस निर्वाचित

जनपत्र
९ जेष्ठ २०७९, सोमबार १२:३६

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटी १५ हजार ८ सय ८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महेशप्रसाद पन्तले ८ हजार १ सय ४१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपमेयरमा कांग्रेसकै निलम जोशी लेखक १२ हजार २ सय १६ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत प्राप्त गर्नुभएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा मेयर र उपमेयरमा कांग्रेस विजयी भएकाे छ । मेयरमा तोयप्रसाद शर्माले १० हजार ६ सय र उपमेयरमा भुलिया रानाले सात हजार ३४५ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मेयरका निकटतम प्रतिस्पर्धी एमालेका पदम पुजाराले ४ हजार ६ सय ७४ मत प्राप्त गर्नुभएकाे छ भने उपमेयरमा माओवादी केन्द्रका धोखे रानाले ५ हजार ४ सय ९२ मत ल्याउनु भएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*