आदर्श कोत्वाल गाउँपालिकामा कांग्रेस विजयी

काठमाडौं । बाराको आदर्श कोत्वाल गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जवाहर साह विजयी भएका छन् । साहले४०८७ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका मुस्तुफा अन्सारीले २८३७ मत ल्याएका छन् ।
उपाध्यक्षमा पनि कांग्रेसकै मिरा देवी ३३७५ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी बासमती देवी यादवले २६२६ मत पाएकी हुन् ।