बालेनको मत ३९ हजार कट्यो : केशव स्थापित सिर्जना सिंहभन्दा ५ सय १ मतले पछाडि

जनपत्र
८ जेष्ठ २०७९, आईतवार ११:४४

काठमाण्डाै – काठमाण्डौसहित पाँच वटा महानगरपालिकाको मतगणना चलिरहेको छ।

पछिल्लो मत परिणामअनुसार काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ३९ हजार मत कटाउनु भएको छ ।

महानगरको १ लाख ९ हजार ५ सय ३७ मत गन्दा बालेन साहले ३९ हजार ६ मत प्राप्त गर्नु भएको छ ।

यस्तै, नेपाल कांग्रेसकी र्सिजना सिंहले मतान्तर घटाउन थाल्नु भएको छ । उहाँको २२ हजार ७२ मत छ । एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रो स्थानमा पुग्नु भएको छ । उहाँले अहिलेसम्म २१ हजार ५ सय ७१ मत पाउनु भएको छ । स्थापित सिंहभन्दा ५ सय १ मतले पछाडि हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*