मकवानपुरको कुलेखानीमा डिआइ गाडी दुर्घटनामा चार जनाको मृत्यु

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका नम्बर २ कुलेखानी ड्याम नजिक सिमखोला पुलमा पीकअप डिआइ गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकाहरु मध्य हेटौंडा अस्पतालमा ल्याइपुर्याएका तीन जना र एक जनाको काठमाण्डौं स्थीत ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।
उनीहरूको पहिचानको नखुलेको र तराई मुलको जस्तो देखिने पुरूष रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये चालकसहित ३ हेटौंडा र एकजनाको काठमाडौंमा उपचार भइरहेको छ । बिरगन्जबाट काठमाण्डौं तर्फ जादै गरेको ना ४ च २३१५ नम्बरको डिआइ गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।