कलैयाका मेयरलाई तौल बराबरको लड्डुले स्वागत

जनपत्र
७ जेष्ठ २०७९, शनिबार १८:५२

बारा । बारा सदरमुकाम कलैया उपमहानगरपालिकाका नवनिर्वाचित मेयर विनोद साह र उपमेयर रौशन प्रविनलाई समर्थकले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका छन् ।

वडा नं। १० का वडाध्यक्ष मोहमद सबिरले पनि यो स्वागत पाएका छन् ।

चुनाव जितेर विजयी र्‍यालीमा वडा नं। मा पुगेका तीनै जनालाई महमद गजनी ठकुराईले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका हुन् ।

जनप्रतिनिधिलाई काँटामा राखेर उनीहरुकै तौल बराबरको लड्डु दिइएको थियो । त्यो लड्डु पछि उपस्थित समर्थकलाई बाँडिएको छ ।

लड्डु दिने ठकुराईले आफू कुनै पनि दलमा नरहेको भन्दै यी जनप्रतिनिधिले जातपात नहेरी काम गर्ने विश्वासमा लड्डु बाँडेको बताए ।

स्वागतपछि मेयर साहले नागरिकको यसप्रकारको विश्वासलाई आफूहरुले कहिल्यै टुट्न नदिने बताएका छन ।

मेयर साहले कलैया उपमहानगरपालिकालाई देशमै नमूना उपमहानगर बनाउने हिसावले आफूले ५ वर्षदेखि गोप्य गृहकार्य गरिरहेको बताउँदै अब त्यसको कार्यान्वयन गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*